गुल्मीमा पसलमा आगलागी हुँदा ३५ लाखको क्षति



गुल्मी – गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरेका मोटरसाइकलसहित ३५ लाखको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ देउराली चारपाला फेदिको टोप बहादुर बस्नेतको टिनले छाएको २ तले कच्ची किराना पसल राखेको घरमा एक्कासी आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

आगलागीबाट एक सय ५० सिसीको एक पल्सर मोटरसाइकल, एक हिरो होण्डा मोटरसाइकल, ग्यास सिलिन्डर चार वटा, चामल २५ केजीका २० बोरा र अन्य सामान सहित नगद दुई लाख र करिब ३ तोला गहना र कपडा गरि ३५ लाखको क्षति भएको छ । गएराती करिब साढे १२ बजेको समयमा लागेको उक्त आगो साढे तीन बजेको समयमा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.