गुल्मीमा १५ वर्षीया किशोरीकाे बलात्कारपछि हत्या



गुल्मी – गुल्मीमा १५ वर्षीया किशोरीकाे बलात्कारपछि हत्या भएको छ । शुक्रबार जिल्लाकाे चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ स्थित हुग्दी खाेलामा मृत अवस्थामा किशोरीकाे शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशाेर प्रधानले नाम परिवर्तन ४६ चन्द्रकाेट ५ मृत अवस्थामा फेला परेको जानकारी दिए । उनका अनुसार, जस सम्बन्धी अनुसन्धान गर्ने क्रममा एक जनालाई पक्राउ गरिएकाे छ ।


Advertisement

घटनामा संलग्न भएको आराेपमा बाँकेको खजुरा गाउँपालिका घर भई हाल चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीया रहिस खाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । उनले पक्राउ गरिएका खाँलाई गुल्मी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर र करणी सम्बन्धी कसुर गरेको मुद्दामा पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको बताए ।

बलात्कारपछि हत्या भएकी नाम परिवर्तन ४६ चन्द्रकाेट ५ काे स्थायी घर बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ हो । उनी आमासँग काेठा भाडामा गुल्मीको चन्द्रकाेट बस्दै आएकी थिइन् । उनको शव स्थानीय हुग्दी खाेलामा नग्न अवस्थामा फेला परेको थियो ।

केही दिनदेखि चन्द्रकाेट गाउँपालिकामा मृतक किशोरीकाे न्यायका लागि सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै आन्दोलन भइरहेको छ । पक्राउ गरिएका खाँलाई थप अनुसन्धान गरेर पुष्टि भएपछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.