अर्घाखाँचीमा बीस रुपैंया नतिरेको निहुँमा एक महिलाको हत्या



अर्घाखाँची – अर्घाखाँचीमा बिस रुपैयाँको झगडाले एक महिलाको ज्यान गएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९,गोखुङ्गामा बिस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षिय वृद्धाको हत्या गरेको खुलेको हो ।

मालारानी स्थायी ठेगाना भई भुमिकास्थान १, रजिमे बस्दै आएका बिस वर्षिय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षिय हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Advertisement

गत कार्तिक १४ गते बिस रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडा गर्ने क्रममा वृद्धा भुसाललाई घरमा एक्लै देखेपछी मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष स्विकार गरेका छन् । हत्यापछी उनले भएको नगद र सुनका गरगहना चोरी गरेर फरार भएका थिए ।

नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतित सिंह राठोरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रहरीले नेपालीलाई सार्वजनिक गरेको हो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.