नेपाली काङ्ग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलन गर्ने



गुल्मी – नेपाली काङ्ग्रेस गुल्मीले आगामी मंसिर ९ र १० गते  दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर काङ्ग्रेस पार्टीले हालसम्म गरेको कामको समिक्षा र आगामी कार्ययोजना बारे जानकारी दिने उदेश्य सहित जिल्लामा दोस्रो सम्मेलन गर्न लागेको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ ।

मंसिर ९ गते जिल्लाको सदरमुकाम तम्घास स्थित चिदिचौर खेलमैदानमा नेपाली काँग्रेसका केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री सम्माननीय शेर बहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय श्री गगन कुमार थापा र विश्व प्रकाश शर्मा, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी , चन्द्र के.सी., लुम्बिनी प्रदेश सभापति  अमर सिंह पुन, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताकाले सम्बोधन गर्ने दोस्रो जिल्ला सम्मेलन प्रचारप्रसार संयोजक छवि पाण्डेले जानकारी दिए ।


Advertisement

मंसिर १० गते हुने सम्मेलनको बन्दसत्रमा जिल्ला भित्रका १ हजार ७ सय ४६ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन् । नेपाली काङ्ग्रेस गुल्मीले सम्मेलनको तयारी तीब्र पारेको छ ।यस पटकको सम्मेलन बिगतभन्दा बिशेष र फरक  हुने  नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिए ।

सम्मेलनमा पार्टीले बिगतमा गरेका कार्यक्रमको समिक्षा आगामी कार्ययोजना तयारी बारेमा जानकारी गराइने सभापति पन्थीले बताए ।दुईदिनसम्म गुल्मी जिल्लामा चल्ने सम्मेलनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति पन्थीले पछिल्लो समय नेपाली जनताले राजनीतिबाट आशा भन्दा निरासा पैदा भएको छ । त्यसकारण  मुख्य राजनीतिक दलले आफ्ना कमिकमजोरी औल्याउँदै सचिच्न जरुरी रहेको बताउँदै उनले जनताको आशा र भरोसा पार्टी बन्न यो सम्मेलनले ठूलो टेवा पुग्ने छ । 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.