कृष्णभिरमा मृत भेटिए कलाकार प्रकाश ढकाल



कलाकार प्रकाश ढकाल मृत फेला परेका छन्।धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा ढकालको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो। त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो।


Advertisement

ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे। उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ गएका थिए।

त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।

‘शवको सनाखत गरियो, परिवारका सदस्यहरू पनि आइसक्नु भएको छ। घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मोबाइल साथैमा रहेछ, निदारमा चोट देखिन्छ।’

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन