रेसुङ्गाका चेतमान मंसिर १ गतेदेखी सम्पर्क बिहिन



गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ७ भुजेलखर्क निवासी चेतमान चुँदरा सम्पर्क बिहिन भएका छन् । मंसिर १ गते दिउँसो १२ः ३० बजे घरबाट निस्किएका चुँदरा अहिलेसम्म घर नफर्किएको परिवारले जानकारी दिए ।

६२ वर्षिय चुँदरा घरबाट निस्कने समयमा निलो कलरको ट्रयाक, ढाका टोपी गलबन्दी र पाइट लगाएर घर परिवारसंग केही नभनी निस्किएको परिवारले बताएका छन् ।


Advertisement

आफन्तीहरुको मा बुझदा अहिले सम्म कहिंकतै पनि सम्पर्कमा नआएको परिवारले बताएका छन् । चुँदरालाई कसैले देखेको भए वा भेट्नु भएमा नजिकको प्रहरी चौकी वा ९८४७५७३३१५, ९८४७४३२२५८ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.