गुल्मीको चन्द्रकोटले सुरु गर्यो एकीकृत घुम्ती शिविर



गुल्मी – गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ । नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ ।

चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाबाट सुरु भएको उक्त कार्यक्रममा योजना संझौता, उपभोक्ता समितिहरुका लागि अनुशिक्षण कार्यक्रम, जेष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय तथा कृषि/पशुफर्म दर्ता एवम् नवीकरण, माटो परिक्षणका लागि नमुना संकलन, कृषि तथा पशुसेवा परामर्श एवम् औषधि वितरण, स्वास्थ्य परिक्षण, परामर्श तथा औषधि वितरणका सेवाहरु उपलब्ध भएको थियो । पहिलो दिनको शिविरमा १७९ जना नागरिकले सेवा लिएका छन । जसमध्ये स्वास्थ्य सेवा लिनेको संख्या बढी रहेको छ ।


Advertisement

कार्यक्रम यस अघि प्रकाशित सूचना अनुसार प्रत्येक वडामा तोकिएको मितिमा संचालन हुने गाउँपालिकाले जनाएको छ । जसअन्र्तगत वडा नम्बर १ दिबु्रङ्गमा मंसिर ६ गते, वडा नम्बर ६ हरेवामा मंस्रि ११ गते, वडा नम्बर ३ हराचौरमा मंसिर १२ गते, वडा नम्बर २ विशुखर्कमा मंसिर १३ गते एकीकृत घुम्ती सेवा सञ्चालन हुने छ ।

यस्तै वडा नम्बर ७ रुपाकोटमा मंसिर १५ गते, वडा नम्बर ४ शान्तिपुरमा मंसिर १७ गते र वडा नम्बर ८ तुराङ्गमा मंसिर २४ गते एकीकृत घुम्ती सेवा सञ्चालन हुने छ । गाउँपालिकाले केही आवश्यक जानकारी तथा सूचनाका लागी टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ । शिविर सञ्चालन अवधिभर वडा कार्यालयबाट हुने सेवा प्रवाह नियमित रुपमा हुने गाउँपालिकाले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.