गुल्मीका दुई स्थानीय तहमा मंसिर ७ गते सार्वजनिक बिदा



गुल्मी – गुल्मीका दुई स्थानीय तहले मंसिर ७ गते सार्वजनिक बिदा दिएका छन् । मंगलबार सूचना जारी गर्दै जिल्लाको  रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

मंसिर ७ गते अर्थात्  हरिबोधिनी एकादशीका दिन धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको रेसुङ्गा नगरपालिकाले निकालेको सूचनामा उल्लेख गरेको छ । 


Advertisement

त्यस्तै गुल्मी दरबार गाउँपालिकाले मंसिर ५ गते एक सूचना जारी गर्दै हरिबोधिनी एकादशीका दिन  पालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको छ ।

हरिबोधिनी एकादशी पर्वको अबसरमा गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल रेसुङ्गामा पूजा गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.