समाचार संकलन गर्न गएका फेयर नेपालकर्मी तिमल्सिना तीनकुनेबाट पक्राउ



काठमाडौं – दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ महाअभियानले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनको समाचार संकलन गर्न गएका फेयर नेपालकर्मी सविन तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार संकलनका क्रममा तीनकुनेबाट नियन्त्रणमा लिइएका तिमल्सिनालाई करिब ३ सय जना प्रदर्शनकारीहरुलाई थुनिएको रामशाहपथस्थित काठमाडौं जिल्ला प्रहरी परिसरको निर्माणाधिन भवनभित्र ४ घण्टा राखिएको थियो ।


Advertisement

तिमल्सिनाले सूचना तथा प्रसारण विभागबाट जारी प्रेस प्रतिनिधि पास देखाउँदा देखाउँदै पनि धरपकड गर्दै नियन्त्रणमा लिएको र ४ घण्टापछि प्रदर्शनकारी सरह कागज गराई छोडेको फेयर नेपाल डटकमका सम्पादक युव बहादुर गाहा मगरले जारी गरेको विज्ञिप्तिमा उल्लेख छ । अभिभावकीय भूमिकामा रहेको राज्यले प्रेस र पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।

सूचना विभाग र संसद सचिवालयले जारी गरेको प्रेस पास लिई समाचार संकलनका लागि प्रदर्शनस्थल पुगेका बेला आफुलाई प्रहरीले भ्यानमा हालेर निर्माणाधिन भवनभित्र राखेको नियन्त्रणमुक्त भएपछि तिमल्सिनाले बताए ।

घटनाबारे प्रेससँग सम्बन्धित सरकारी नियकाय एवं संघ संगठनहरुलाई जानकारी दिइएको सम्पादक गाहा मगरले जानकारी दिएका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.