गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेकको मृत्यु



गुल्मी – गुल्मीमा बस र मोटरसाइकल एकआपसमा ठोकिँदा मेहेन्द्र नमुना माध्यमिक बिद्यालयमा अध्ययरत एक छात्रको मृत्यु भएको छ । सोमबार जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र बिद्यालयबाट घर जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँएका १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झाँक्री मगरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विवेक सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक बिद्यालयको कक्षा १२मा अध्ययनरत छात्र हुन् ।


Advertisement

मृतक झाँक्री मगरको अस्पतालले मृत घोषणा गरेसङ्गै महेन्द्र नमुना माध्यमिक बिद्यालयले सोमबार दिउँसो शोक र मंगलबार बिहानी समयमा संचालन हुने कक्षालाई शोक बिदा दिएको बिद्यालयले जनाएको छ ।मोटरसाइकल ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.