बाग्लुङमा एचआइभी सङ्क्रमित महिलाले जन्माइन स्वस्थ बच्चा



बाग्लुङ – बाग्लुङमा पहिलो पटक एचआइभी सङ्क्रमित महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छिन् । बागलुङको धौलागिरि अस्पतालमा आइतबार एचआइभी सङ्क्रमित २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी हुन।

शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको धौलागिरि अस्पतालले जनाएको छ ।यसअघि बागलुङका एचआइभी सङ्क्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएको थियो । तर अहिले भने अस्पतालमै एक महिलाले शिशुलाई जन्म दिएकी छिन।


Advertisement
Advertisement
Advertisement

शिशुका आमा बुबा दुवै एचआइभी सङ्क्रमित भई एआरटी औषधि सेवन गरिरहेका छन् ।शल्यक्रियामार्फत जन्मिएको शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र एचआइभी सङ्क्रमण नहोस् भनेर तुरुन्तै औषधि समेत चलाउन थालिएको अस्पतालले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.