बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पुर्पक्षको लागि जेल चलान



गुल्मी – गुल्मीमा १५ बर्षीय बालिकाको बलात्कारपछि हत्या गर्ने एक युवक पुर्पक्षको लागि कारागार चलान भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरकी १५ बर्षीय मनिषा रुचालको बलात्कारपछि हत्या गर्ने बाँकेको खजुरा गाउँपालिका ७ का २३ बर्षीय रहिस खाँ पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार खाँलाई मंसिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसले खाँलाई पुर्पक्षको लागि जेल चलान गरेको हो । कारागार चलान भएका खाँ मदरसा गुल्सने मदिनाका प्रशिक्षक थिए । बालिकाको गत कार्तिक १७ गते विहान ६ बजे शान्तिपुर बजार नजिकैको हुग्दी खोलाको किनारामा नग्न शव भेटिएको थियो । जेल चलान भएका खाँ जबरजस्ती करणी र कर्तवय ज्यान सम्बन्धी मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.