एमाले अध्यक्ष ओली मंसिर २० गते गुल्मी आउने



अनिल खत्री / गुल्मी – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंसिर २० गते गुल्मी आउने भएका छन् । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत वैतडीको झुँलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङ सम्मको यात्राको कार्यक्रमको शिलसिलामा मंसिर २० गते मुसिकोट नगरपालिकाको वामीटक्सारमा हुने बिशाल सभामा सम्बोधन गर्न आउने भएका हुन् ।

आइतबार नेकपा एमाले गुल्मीले तम्घासमा तयारी र पार्टी गर्न लागेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिने उदेश्यले पत्रकार भेटघाट राखेको थियो । वामीटक्सारमा हुने कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहबाट एमाले पार्टीका नेता कार्यकर्ताको उत्साह पूर्ण सहभागिता हुने नेकपा एमाले गुल्मीका पार्टी अध्यक्ष बालसिंह काउछाले बताए ।


Advertisement
Advertisement
Advertisement

बिशाल सभाको तयारी स्वरुप सबै पालिकाहरुमा नेता कार्यकर्ताहरुलाई उपस्थित हुनका निम्ति निमन्त्रण गर्नेदेखि आमसभा हुने स्थानको तयारीमा पार्टी लागेको उनले बताए । केन्द्रिय अध्यक्ष ओली सहितका नेताहरुले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष काउछाले जानकारी दिए । सो सभामा १० हजार बढी अगुवा नेता कार्यकर्ता उतार्ने गरी एमालेले तयारी गरेको काउछाले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सांसद सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताएका छन् । थापाले मंसिर १४ गतेदेखी एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा सहित मध्यपहाडि राजमार्ग यात्राले पार्टीमा र जनतामा थप उत्साह पैदा भएको उनको बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.