चन्द्रकोटले मनायो २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस



गुल्मी – चन्द्रकोट गाउँपालिका गुल्मीले मंगलबार २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास“ भन्ने मूल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८० मनाईएको हो ।


गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट एकसाथ मनाईएको उक्त कार्यक्रमको अवसर पारि गाउँपालिकाद्वारा पालिका भित्रका ८७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १ थान झोला, १ थान प्राथमिक उपचार बक्स वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्माले बताउनुभयो । चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माले सम्भवत जिल्ला मै आफहरुले गरेको कार्य पहिलो भएको बताउनुभयो । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई अत्यावश्यक पर्ने सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।


Advertisement

उहाँ अनुसार वितरण गरिएको सामाग्रीले दुर्गम क्षेत्रका स्थानियलाई प्राथमिक उपचारमा राहात हुने बताउनुभयो । यस्तै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले पनि पालिकाले गरेको कामको प्रशंसा गरेका छन । आगामी दिनमा पनि यस्तै कार्य गरि आफुहरुको मनोबल उच्च हुने उनिहरुको भनाई छ ।

यस्तै प्रत्येक स्वास्थ्य संस्थाहरूबाट १र१ जना उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका छनोट गरिएको छ भने छनौट भएका महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई एक कार्यक्रम गरि सम्मान समेत गरिनेछ । साथै सोही अवसरमा लैङ्गिक हिंसा विरूद्दको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम समेत सम्पन्न भएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.