गुल्मीमा नेपाल पूर्व सशस्त्र प्रहरी जिल्ला संघ गठन



गुल्मी – गुल्मीमा नेपाल पूर्व सशस्त्र प्रहरी जिल्ला संघ गठन गरिएको छ । बुधबार जिल्लाको रेसुगांमा १२ उर्लेनीमा केन्द्रीय महासचिव कविराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यसमिति गठन गरेको हो ।गुल्मी जिल्लाबाट सशस्त्र प्रहरी बल नेपालमा नियुक्त भई सेवा गरी निवृत्त भएकाहरुलाई एकिकृत गरेर संगठन विस्तार गर्न लागि पूर्व सशस्त्र प्रहरी जिल्ला संघ गठन गरिएको केन्द्रीय महासचिव कविराज श्रेष्ठले बताए ।


कार्यसमितिको अध्यक्ष दुर्गाबहादुर खत्री,उपाध्यक्षमा कृष्णबहादुर कुमाल,सचिव कृष्ण बहादुर थापा,सह–सचिव कृष्ण बहादुर बस्नेत,कोषाध्यक्ष दिनेश श्रेष्ठ,सह–कोषाध्यक्ष लाल बहादुर खत्री रहेका छन् । त्यस्तै सदस्यमा उमाकान्त पन्थी,यमबहादुर थापा,लालबहादुर थापा,शिव मल्ल,शिवलाल पाण्डे, राम बहादुर खड्का,ऋषिराम खत्री रहेका छन् ।कार्यसमितिले आगामी कार्ययोजना तयार गरेर सशस्त्र प्रहरी बल नेपालबाट अवकाश प्राप्त गरेकालाई संघमा जोड्दै जिल्लामा नयाँ र केही फरक काम गर्ने अध्यक्ष दुर्गा बहादुर खत्रीले बताए


Advertisement
Advertisement
Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.