देश अपठ्यारो अबस्थामामा छ : अध्यक्ष ओली



गुल्मी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अपठ्यरो अबस्थामा रहेको बताएका छन् । बैतडीको झुलाघाट मध्यपहाडी लोकमार्ग हुँदै गुल्मीको वामीटक्सार आइपुगेका ओलीले बृहत् जनसभा कार्यक्रमको सम्बोधन गर्दै  वर्तमान सरकारका कारण देशमा रोजगारीका अवसर गुमेको र  अत्यन्त अफ्ठारो अवस्थामा पुगेको बताए ।

´भुकम्प प्रभावित क्षेत्र रूकुम पश्चिममा एमालेका भोलियन्टेरले ८१३ वटा घर अस्थायी घर निमार्ण गरेर पीडितहरूलाई हस्तान्तरण गरेका छन् ।`अध्यक्ष ओलीले भने, ´सरकारको तर्फबाट पर्याप्त भुकम्प पीडितको लागि पर्याप्त काम भएको छैन ।


Advertisement

एमाले पार्टी र स्वयंसेवकले ४० हजारको संख्यामा भत्किए घर र  भुकम्प पीडितहरूको घाउमा मलम लगाएको छ । अध्यक्ष ओलीले भने “समृद्ध नेपाल ,सुखी नेपाली ” को सपना बोकेर अगाडी बढेको पार्टी हो एमाले, देश चलाउन यो पार्टी बाहेक अरुको विकल्प नरहेको समेत बताए ।  उनले देशको बिकास र जनताको न्यायको पक्षमा काम गर्न एमालेलाई बहुमतले जिताउनुपर्ने  बताए । मिसन  ८४ लाई सफल पार्न एमाले जनताको सुझाब संकलन गर्दै जनताको घरदैलोमा पुगेको बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.