गुल्मीमा बोका चोर्ने २ जना पक्राउ




गुल्मी – गुल्मीमा बोका चोर्ने २ जनालाई प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।  जिल्लाको रेसुङ्गा नगरपालिका ७ का २३ वर्षीय विरेन्द्र परियार र विरेन्द्र परियार र अर्का एक जनाको नाम गोप्य राखिएका व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी (डिएसपी) डिल्लीनारायण पान्डेयले जानकारी दिए ।

उनीहरुले गत मंसिर १५ गते राती गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.५ बर्दबास बस्ने बर्ष ५२ की बिष्णु कुमारी जोगी कुँवरको २२ किलोको बोका चोरेका थिए ।चोरी गरेको बोकालाई काटेर केही मासु खाएको र केही बिक्री गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।


Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी (डिएसपी) पान्डेयका अनुसार उनीहरूलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.