गुल्मीमा हराइरहेका बालकको घर नजिकैको जंगलमा शव फेला
गुल्मी – गुल्मीमा हराइरहेका बालकको घर नजिकैको जंगलमा शव फेला फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरका ६ बर्षीय बालकको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बालक मंसिर २२ गते घरबाट हराएका थिए । बालक सम्पर्क बिहिन भएलगत्तै परिवार र प्रहरी प्रशासनले खोजी कार्य तीब्र पारेका थिए । घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक (डिएसपी) पाण्डेयका अनुसार मृत फेला परेका बालकको शब केहि भाग जंगली जनावरले खाएको अवस्थामा भेटिएको छ । जंगलमा मृत भेटिएका बालक दृष्टिबिहिन थिए । जंगलमा मृत फेला परेको घटना बारे प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको टाेली घटनास्थलमा पुगेको छ ।