गुल्मीमा हराएका ब्यक्ति महिना दिनपछि मृत फेला
गुल्मी – गुल्मीमा हराइरहेका एक ब्यक्ति महिना दिनपछि जंगलमा मृत फेला परेका छन् । गत मंसिर १ गतेदेखि सम्पर्क बिहिन भएका रेसुङ्गा नगरपालिका ७ का ६२ वर्षीय चेतमान चुँदारा जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शनिबार जिल्लाको सदरमुकाम तम्घास नजिकैको अर्जुन डाँडाको जंगलमा मृत फेला परेको परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । चुँदारा घरपरिवारबाट सम्पर्क बिहिन भएपश्चात घरपरिवारले उनको खोजी गरिदिन प्रहरीलाई आग्रह गरेका थिए ।तर,उनी महिना दिनसम्म सम्पर्कमा आउन सकेका थिएनन् । चुँदाराले सम्पर्क बिहिन हुनुभन्दा पहिले परिवारलाई अन्तिम फोन गरेर आफुलाई नखोज्न भनेका थिए ।
उनको शव जंगलमा भेटिएसङ्गै प्रहरी घटनास्थलमा पुगेको छ । शवलाई स्थलगत मुचुल्का तयार पश्चात पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याउने तयारी भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।