धुर्कोटमा १५ शय्याको अस्पतालबाट सेवा सुभारम्भ



गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पतालमा १५ शैयाको सेवा सुरु भएको छ । गाउँपालिकाले आन्तरिक रुपमा जनशक्ति व्यवस्थापन अस्पतालमा सेवा सुरु गरिएको हो ।

अस्पतालमा १५ शैयाको सेवा सुरु भएसँगै अब अस्पतालमा आएका बिरामीहरुलाई भर्ना गरेर २४ सै घण्टा सेवा दिन सकिने छ । त्यसैगरी आकस्मिक बिरामीहरुलाई पनि थप सहज हुने अस्पताल व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र भण्डारीले जानकारी दिए । अस्पतालको स्तरोन्नती भएसँगै अन्तरगं सेवा पनि थप हुने अस्पतालले जनाएको छ ।


Advertisement

शनिबार लुम्बिनी प्रदेशसका स्वास्थ्य मन्त्री राजु खनालले १५ शैयाको अस्पतालको सेवा सुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री खनालले प्रदेशले सबै जिल्लाका पालिकामा १५ शैयाको अस्पताल संचालनका लागि प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने बताए । अस्पताल १५ शैयामा स्तरोन्नती भएसँगै चारजना जनशक्ति थप गर्नुपर्ने हुन्छ । हाललाई उक्त जनशक्ति पालिकाले आन्तरिक रुपमा व्यवस्थापन गरेको छ ।

धुर्कोट आधारभूत अस्पतालमा धुर्कोट गाउँपालिकाका साथै मदाने र मालिका गाउँपालिका लगायतका स्थानका नागरिकले सेवा प्राप्त गर्दछन् । हाल उक्त अस्पतालबाट प्रसुती सेवा, ल्याब सेवा, ओपिडी सेवा लगायतका आधारभूत सेवाहरु प्रवाह भइरहेका छन् ।

विभिन्न क्षेत्रमा योगदान पुर्याउने सम्मानित
कार्यक्रमको अवसरमा अस्पताल निर्माण गर्न जग्गा उपलब्ध गराउने एवं अन्य विभिन्न क्षेत्रबाट अस्पतालको विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । १५ शैयाको अस्पतालका लागि जग्गा प्रदान गर्ने लक्षमण भण्डारी, जेमलाल पोख्रेल, विष्णु बहादुर जि.सी. र लक्ष्मी थापालाई सम्मान गरिएको छ ।

त्यसैगरी भवन निर्माण, एम्बुलेन्स खरिद, जनशक्ति व्यवस्थापन, मेडिकल सामग्री व्यवस्थापन लगायतका कार्यमा सहयोग गर्ने स्वास्थ्य सेवा विभागका तत्कालिन अधिकृत लेखनाथ घिमिरे, लामो समयसम्म अस्पतालमा काम गरेकी बिनुदत्त भण्डारी र खोप कार्यक्रता मथुरा प्रसाद श्रेष्ठ सम्मानित भएका छन् ।

अस्पतालले विभिन्न समयका कार्यालय सहयोगीहरुलाई पनि सम्मान गरेको छ । जसमा लोक बहादुर थापा, गंगाराम पोख्रेल, मोति बहादुर खत्री र बुद्धिराम भण्डारी रहेका छन् । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले २४ सै घण्टा सेवा लिने बिरामीहरुलाई लक्षित गर्दै गाउँमै १५ शैयाको अस्पताल संचालन गरेको बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.