नियम विपरीत सञ्चालित सम्पन्न आयुर्वेद पसलमा सिल



Advertisement
विज्ञापन

गुल्मी – गुल्मीको सदरमुकाम तम्घास बजारमा नियम विपरीत संचालन गरिएको सम्पन्न आयुर्वेद पसलमा सिल गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले उक्त आयुर्वेद पसलमा सिल गरेको हो ।

सम्पन्न आयुर्वेद नामक पसल बिगत केही बर्षदेखि जिल्लाको सदरमुकाम तम्घास  बजारमा संचालनमा छ । आयुर्वेदले नियम विपरीत प्रयोगशाला सेवा संचालन र औषधि बिक्री गरिरहेको नागरिकबाट गुनासो आएपछि अनुगमन गरेर पसल सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

अधिकृत घर्तीका अनुसार सम्पन्न आयुर्वेद पसलले प्रयोगशालाको सम्बन्धित निकायमा  दर्ता नगरेको, एलोपेथी र होमोपेथी औषधि दुबै बिक्री गरेको, औषधिको खुल्ला बिक्री तथा बिरामीको चेकजाँच गरेको पाइएको थियो ।

‘‘नागरिकबाट व्यापक जनगुनासो आएपछी उक्त  पसलमा अनुगमन गरेका थियौं”,´ प्रजिअ  शर्माले भने ‘‘मापदण्ड विपरीत सञ्चालन भएको पाइएपछि आयुर्वेद पसल सिल गरेका छौं, थप अनुसन्धानपछि थप निर्णय लिन्छौं ।”  

आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष संचालन गरेको छ । रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबर, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरी समेतले आयुर्वेद पसलमा सिल गरेका थिए । सिल गरेलगत्तै उक्त आयुर्वेद पसल बारे प्रहरी प्रशासनले थप अनुसन्धान गरिरहेको छ । सफल होमियो फार्मेसी र सम्पन्न आयुर्वेद औसधालय एकै ठाँउबाट सन्चालन भइरहेको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन