गुल्मीका १२ वटै स्थानीय तहमा एमालेको ज्ञापन पत्र
गुल्मी – जिल्लाका १२ वटै स्थानीय तहमा नेकपा एमाले गुल्मीले ज्ञापनपत्र बुझाएको छ । स्थानीय तहमा अनियमितता, भ्रष्टचार ,जनसरोकारका बिषयलाई समेटेर सोमबार सबै पालिकामा पुगेर एमाले गुल्मीले ज्ञापन पत्र बुझाएको हो ।
जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयमा कामकारवाहीका सम्बन्धमा एमाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले विकास निर्माणका काममा भएको ढिलासुस्ती, कमजोर गुणस्तर सच्चाउन आग्रह गर्दै ज्ञापन पत्र सबै पालिकामा दिइएको उनले बताए ।
सरकारी निकायमा बढ्दो इन्धन, गाडी, चन्दा सहयोग तथा भ्रमण गोष्ठीका फजुल खर्च नियन्त्रण गर्न तथा सरकारी निकायमा बढ्दो खरिदमा हुने खेललाई सच्चाउन एमाले गुल्मीले आग्रह सहितको अभियानको नेतृत्व गरिरहेका प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले बताए ।
ज्ञापन पत्र बुझदै रेसुङगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नगरबाट कुनै त्यस्तो कमिकमजोरी नभएको र केही भएमा त्यसलाई सच्याएर अगाडी बढ्ने प्रतिवद्धता गरे । समुन्त रेसुंगा निर्माणको लागि सबैको सहयोग र साथको आवश्कता रहेको बताउँदै नगरप्रमुख पन्थीले एमाले पार्टीले संचालन गरिरकेको अभियान राम्रो र ग्रहणयोग्य रहेको बताए ।
पार्टीको वार्षिक कार्ययोजना अनुसार जिल्ला , सबैपालिका र सम्पर्क मन्चमा गरिएका प्रशिक्षण प्रभावकारी रहेको ठहर गर्दै माघ र फागुनमा वडा स्तरका प्रशिक्षण सम्पन्न गर्ने र यस वर्षलाई प्रशिक्षण वर्षका रुपमा घोषणा गरिएको नेकपा एमाले गुल्मीले जनाएको छ ।
एमाले गुल्मीले २०८० लाई प्रशिक्षण वर्षका रुपमा घोषण गरेको छ । जनसंगठनका पालिकासम्मका प्रशिक्षण फागुनभित्र सञ्चालन गर्ने र वडा तथा जनसंगठनका प्रशिक्षण फागुनभित्र सकेर यो वर्ष २०८० लाई प्रशिक्षण वर्षका रुपमा घोषित गर्ने गरी जिल्ला पार्टीले निर्णय गरेको सचिव श्रीपालीले बताए ।