युवाको चासो र चन्दाबाट रुरुमा हनुमानको बिशाल मुर्ति



टोपलाल अर्याल / गुल्मी – रुरुमा गुल्मी र पाल्पातिरबाट हेर्दा स्याङ्गजाको भित्तामा बन्दै गरेको हनुमानको बिशाल मुर्ति चिटिक्क देखिन्छ । नेपालको पवित्र धाम रुरु क्षेत्रमा युवाहरुले चंन्दा संकलन गरेर हुनमानको बिशाल मुर्ति निर्माण गरेका छन् । चार धाम मध्येको एक रुरु । तीनमुखे पुल निर्माणसंगै पर्यटकीय संभावना र आशा पनि जोडिएको छ । यो पुलले पर्यटकीय आर्कषणसंगै तीन जिल्लाका नागरिकको भावनालाई एकिकृत र दुरीमा पनि नजिक बनाएको छ । रुरु क्षेत्रलाई विकास गर्न सरकारको तर्फबाट थुप्रै काम नभएका होइनन् । तर, युवाहरुले हनुमानको बिशाल मुर्ति निर्माणमा देखाएको चासो निकै उदाहरणीय छ ।

हनुमान मुर्ति स्थापनाको योजना पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं–३ हार्थोकका कपिलजंग कुवंर राम्रो पेन्टर हुन् । जसले गुल्मी पाल्पाका २५ भन्दा बढि मन्दिरको लेखन निशुल्क गरेका छन् । आफ्नो जन्मदिनमा बिद्यालयहरुका गरिएका पेन्टबाट प्राप्त सामाजिक कामको उर्जालाई कुवंरले अझै मर्न दिएका छैनन् । उनले रुरु क्षेत्रको पाल्पापट्टीको भागमा सामान्य चित्र देख्थे । तर, चित्रकाको अर्थ बुझेका थिएनन् । पत्रकार अनिल लिगलले कुवंरको कला त्यो चित्रमा पोख्न चाहेका थिए । केहि समयपछि कुवंर र लिगलसहित केहि युवा स्थलगत रिर्पोटिङ्गका लागि संगै हनुमानथान गए । तर, टोलीले चित्रमा पेन्टभन्दा मुर्तिनै बनाउने योजना बनाए । देवराज श्रेष्ट, कपिलजंग कुवंर, अनिल लिगल, नवराज र रामलाल विक र खिमानसिंह थापासहितको टोलीले सामुहिक अभियान अगाडी बढाए । एक लाख १५ हजारको लागतमा हनुमानको मुर्ति निर्माणको जिम्मा मुर्तिकार कालिगण्डकी गाउँपालिका–१ का हुकुम बराईले लिए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement


स्टाटसले जुटाउँदै सहयोग सोचे अनुसारको सहयोग र सद्भाव प्राप्त नभएपछि मुर्ति स्थापनाका अभियान्ता कपिलजंग कुवंरले केहि दिनअघि बिहानै एउटा स्टाटस लेखे । ‘रिडी पारी यो हनुमान जी को मूर्ति आर्थिक समस्याको कारण अपूर्ण बनेको छ । मूर्तिकारलाई कत्ति पनि पारिश्रमिक दिन सकिएको छैन, मैले जसरी निस्वार्थ आफ्नो समय परिश्रम र तलबको कर्मचारी बोकेर रुरुक्षेत्र सजाएँ त्यसैगरी रिडीका समस्त वुद्धिजीविहरुले सानोसानो रकम सहयोग गरेर चारधामको गहनाको रुपमाअगाडि बढन लागेको हनुमान जीको मन्दिरलाई प्राणप्रतिष्ठामा लागि पर्न अपिल गर्दछु ।’


धेरैलाई बन्दै गरेको मुर्तिसंग सरोकारनै थिएन । जब कुवंरले स्टाटस लेखे तब रुरुलाई माया गर्ने युवाहरुले कुवंरलाई सहयोग र उर्जा दिए । सवैभन्दा पहिले स्थानीय राजन भट्राईले ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेर आर्थिक अभियानको सुरुवात गरे । त्यस्तै तारा श्रेष्टले २५ हजार दिए । अहिले अभियानमा थुप्रैले सहयोग गरेका छन् ।

करिव एक लाख संकलन भइसकेको कुवंरले बताए । ‘एक बचनमा निर्माण सामग्री दिने खिमानसिंह थापा र पैसा नभएर तडपिएपछि स्टाटस लेख्दा पहिलो सहयोग गर्ने राजन भट्राईसहित सवैप्रति आभारी छु,’उनले भने,‘म नेपाली हो नेपाल राम्रो बनाउनेसंग कुनं स्वार्थ छैन् ।’ मुर्तिकार बराईले काम त गरे । तर, पैसा पाएनन् । कपिलजंगलाई नैतिक र आर्थिक प्रश्नहरुले घेरे । त्यसपछि केहि समय काम पनि रोकियो । तर, अहिले आर्थिक अभियानसंग काम पनि अगाडी बढेको छ । सपना, अभियान र कामले पुर्णता पाउनेमा आफु विश्वस्त रहेको कुवंरले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.