गुल्मीको त्यस्तो ठाउँ : जहाँ ढुङ्गाको घर बनाएर वर मागेपछि पुग्छ !



गुल्मी – गुल्मीको रेसुंगामा ढुंगाको घर बनाएपछि मागेको वर पुरा हुने धार्मिक बिश्वास छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थल रेसुंगा क्षेत्रमा उक्त बिश्वासले भक्तजनले ढुङ्गाका घरहरू निर्माण गर्न थालेका हुन् ।

उक्त क्षेत्रमा ढुङ्गा माथी ढुङ्गा खप्टाएर बनाइएका घरले त्यस क्षेत्रलाई थप आकर्षित बनाएको छ । रेसुङ्गा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकले ढुङ्गालाई एक आपसमा खप्ट्याएर राख्दा पारिवारिक वातावरण राम्रो हुने बिश्वास गरिएको छ ।यस क्षेत्रमा गरुणकाे मुर्ति समेत रहेको छ । रेसुङ्गा पुग्ने पर्यटकले ढुङ्गा खप्टाएर घर निर्माण गर्न थालेका छन् । यो सङ्गै पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने बिश्वास गरिएको छ ।


Advertisement

लुम्बिनी प्रदेश सांसद निमा गिरीले बुधबार रेसुङ्गा क्षेत्रको अवलोकनसँगै त्यस क्षेत्रमा आफुले समेत ढुङ्गा खप्टाएर घर निर्माण गरेकी छिन् । अवलोकनसँगै गिरीले रेसुङ्गा र प्युठानको स्वर्गद्वारीलाई जोडनुपर्ने धारण समेत व्यक्त गरिन् ।

रेसुङ्गालाई पर्यटक सँग जोड्न जिल्लाको रेसुङ्गा नगरपालिकाले केही समय अगाडि देखि जाउँ हिंड रेसुङ्गा अभियान समेत संचालन गरेको छ । यो अभियान अहिले जिल्ला व्यापी समेत बनेको पर्यटन व्यवसायी सुदर्शन खनालले बताए ।

हालै मात्रै प्युठानकाे झिमरुक गाउँपालिकाले गुल्मीको रेसुंगा, प्युठानकाे स्वर्गद्वारी र अर्घाखाँचीकाे सुपादेउराली जाेड्न सार्वजनिक यातायात संचालन गर्ने तयारी गरेको छ । लाइभ गुल्मी

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.