गुल्मीमा रुजी रिद्वारा प्रबिधि सम्बन्धी अभिमुखिकरण



गुल्मी – गुल्मीमा हाइस्पीड कम्प्युटरको आयोजनामा रुजी रि ब्राण्डको जानकारी सहितको एकदिने सचेतना तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । नेटवर्क डिजाइन, नेटवर्क र इन्टरनेट उपकरणहरूको उत्पादन र  बिक्री वितरण, नेटवर्क सुरक्षा सम्बन्धि प्रविधीहरु उत्पादन, भइरहेका सेवा प्रदान बारे सहभागीलाई जानकारी दिइएको हो ।

जिल्लाको सदरमुकाम तम्घासमा संचालन भएको उक्त सचेतता तथा अभिमुखिकरण कार्यक्रममा विभिन्न क्षेत्रमा रहि सुचना प्रविधी सम्बन्धी व्यवसाय गर्ने र सुचना तथा सञ्चार प्रविधीको क्षेत्रमा कामगर्ने विभिन्न पेशामा आवद्ध ४० जना सहभागी थिए ।

पछिल्लो समय देश तथा बिदेशमा सूचना, प्रबिधिले व्यापक फड्को मारेको र  बढ्दो बजारीकरण, प्रविधीको उच्चतम् प्रयोग र दिनानुदिन भएको विकाससँगै नयाँ प्रबिधिको जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हाइस्पीड कम्प्युटरका संचालक कृष्ण खनालले जानकारी दिए ।


Advertisement

रुजी री कम्पनीको तर्फबाट प्रशिक्षक रोशन गिरीले सचेतना तथा प्रशिक्षण दिएका थिए । सचेतना कार्यक्रमले धेरैकुरा जानाकारी प्राप्त भएको र प्रविधिसँग आफुपनि अपग्रेड हुनुपर्ने बताउँदै सहभागीले आयोजकलाई धन्यवाद ब्यक्त गरे ।

लामो समयदेखि जिल्लामा नयाँ नयाँ प्रविधिहरु भित्राउदै आइरहेको हाइस्पीड कम्प्युटरले गुल्मी  र आसपासका क्षेत्रमा आधिकारीक वितरकको रुपमा उक्त प्रविधिहरुपनि वितरण शुरु गरेको हाइस्पीड कम्प्युटरका संचालक खनालले जानकारी दिए ।

चिनमा उत्पादन हुने उक्त प्रविधिहरुले विश्ववजारका विभिन्न देसहरुमा विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको र नेपालमा पनि नेटवर्क र इन्टरनेट डिभाइसमा ठुलो बजार हिस्सा लिने आशय कम्पनीका नेपाल प्रतिनिधीहरुले व्यक्त गरेका थिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.