गुल्मीका पाण्डे उत्कृष्ट प्रहरीबाट पुरस्कृत



Advertisement
विज्ञापन

गुल्मी – उत्कृष्ट कार्यसम्पादन गरेवापत मुस्ताङका प्रहरी प्रमुख प्रनाउ भोजराज पाण्डेयसहित ३ जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई पुरस्कृत गर्ने क्रममा प्रहरी नायब उपरीक्षक पाण्डेय सहित ३ जना प्रहरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

सुरक्षा निकाय अन्तर्गत गण्डकी प्रदेशले छैटो वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजित मुल समारोह कार्यक्रममा मुस्ताङका प्रनाउ पाण्डेयसहित पोखरा स्थित प्रहरी तालिम केन्द्रका समादेशक प्रबउ अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । प्रदेश स्थापना दिवस २०८० मा पुरस्कृत व्यक्तित्वहरुलाई जेठ १५ गते गणतन्त्र दिवसको दिन प्रदान गरिने भएको छ । हिमाली जिल्ला मुस्ताङमा विगत ५ महिनादेखि पुरस्कृत व्यक्तित्व प्रनाउ पाण्डे कार्यरत रहदै आईरहेका छन् । धार्मिक तथा पर्यटकीय जिल्लामा प्रहरी प्रमुखको भूमिकामा रही पर्यटक तथा स्थानीय नागरिकको शान्ति सुरक्षामा अहोरात्र खटिदै उत्कृष्ट योगदान गरे वापत प्रनाउ पाण्डेयलाई गण्डकी प्रदेश सरकारले उच्चसम्मान गरेको हो ।


Advertisement
Advertisement
Advertisement

प्रनाउ पाण्डेयले मुस्ताडमा विभिन्न सामाजिक अपराध, लैङ्गिक हिंसा, लागु औषध र साईबर अपराध सम्वन्धि दर्जनौ सचेतना मुलक कार्यक्रम गर्दैआईरहेका छन् । उनले सीमानाकामा हुँने चोरी सिकारी,अपराध नियन्त्रण र अवैध क्रियाकलाप नियन्त्रणमा उत्कृष्ट कार्य गदैआईरहेका छन् ।डिएसपी पाण्डे गुल्मी तम्घासका स्थायी बासिन्दा हुनुहुन्छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन