तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना



धादिङ – काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु बेनीघाट सडकमा दुर्घटना भएको छ ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ क नम्बरको ट्रकसँग ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । घाइतेको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.