गुल्मीमा जंगली च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी
गुल्मी – गुल्मीमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी भएका छन । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ का ६८ वर्षीया फुलमाया कुमाल, ७६ वर्षीय थम्मन बहादुर कुमाल र ३६ वर्षीया गिता कुमाल बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गा बहादुर सारुले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक सारुका अनुसार कुमाल परिवारले बिहीवार बिहान १० बजे जंगली च्याउ सेवन गरेका थिए । उनीहरु च्याउ सेवन गरेको केही समयमै बिरामी परेका थिए । हाल बिरामीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचार भईरहेको छ । फुलमाया अवस्था मध्यम रहेको छ भने थम्मन बहादुर र गिताको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बिरामीहरूको उपचारमा आफन्त कमल कुमाल संलग्न रहेको छन् भने हाल उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।
घटना सम्बन्धी सूचना प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट इन्द्रेगौडाबाट प्रहरी हवल्दार कृष्ण मोहन केवटको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।