नेपाल रक्तदाता समाज गुल्मीको अध्यक्षमा पाण्डे



Advertisement
विज्ञापन

गुल्मी – नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मीको अध्यक्षमा भेषराज (धुव्र) पाण्डे निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, सचिवमा बीरबहादुर कार्की, कोषाध्यक्षम विष्णुप्रसाद अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा देवरीराम पाण्डे, ढुण्डीराज पन्थी, झविलाल पाण्डे, जयप्रकाश भट्टराई, निर्मला पोखरेल, केशव अधिकारी र श्यम पन्थी रहेका छन् ।


Advertisement
Advertisement
Advertisement

ब्लड बैंक नभएको गुल्मीमा रगत अभावको परिपुर्ति नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले काम गर्दै आएको छ । नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मी २०७६ मा ३६ जना सदस्यबाट सुरु भएको थियो ।हाल एक सय २० जना आजिवन सदस्य रहेको यस संस्थाले सहयोगी संस्थाको सहकार्यमा गुल्मीमा रगत अभावको परिपुर्ति गर्दै आएको छ ।

शनिबार तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनको अवसरमा ब्लड बैंकको काम गरिरहेको संस्थाको विभिन्न सामाजिक संघसंस्थाले प्रशंसा गरेका थिए । कार्यक्रमको उद्धाटन सत्रमा नेपाल रक्तदाता स्वयंसेवी समाज नेपालका केन्द्रीय महासचिव कृष्ण चौहानले गुल्मी जिल्ला शाखाले गरिरहेको समाजिक कर्मको खुलेर प्रशंसा हुन् ।

उनले रगत अभावमा कुनै बिरामीको ज्यान नजायोस् भन्ने हेतुले गठित संस्थाले निःशुल्क रुपमा काम गर्दै आइरहेको छ । संस्थाले जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल गुल्मी, संग्राम सार्दुल गुल्मी गुल्मी, नेपाल रेडकक्रस सोसाइटी, संचार माध्यम र अन्य क्रियाशील सामाजिक संघसंस्थाको सहयोगमा गुल्मी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगतको व्यवस्था गर्दै आएको नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष नमाराज मरासिनीले बताए ।

यसरी सामाजिक सेवा गर्दै आइरहको संथाको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले शुभकामना ब्यक्त गरे । उनले सबैको साझा सहयोगले मानव बचाउने कार्यमा हातेमालो गरेर अगाडी बढने उदघोष गरे । जिल्ला समन्वय समिति गुल्मीको एक कोठामा कार्यालय संचालन गर्दै आएको छ । नेपाल रक्तदाता स्वयंसेवी समाज नेपाल जिल्ला शाखा गुल्मीले आफूले रगत अभाव हुन नदिएपनि जिल्लामा ब्लड बैंक आवश्यक पर्ने मरासिनीले बताए ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले संस्थाले आवश्यक गरेबमोजिम रगत थप आवश्यक पर्ने भएमा त्यसतर्फ छलफल गरेर अगाडी बढ्ने धारणा ब्यक्त गरे । संस्थाले गुल्मीमा गत साउनदेखि यता १८० पोका रगत संकलन गरी गुल्मी अस्पतालमा खपत गरेको छ ।जिल्लाबाट ३०० पोका रगत संकलन गरेर बुटवल पठाएको संस्थाका संस्थापक अध्यक्ष मरासिनीको भनाइ छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन