गुल्मीमा दुई एग्रोभेट सेन्टर सिल



गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले नियमविपरीत संचालन भएका दुई एग्रोभेट सेन्टरमा सिल गरेको छ । आइतबार जिल्लाको सदरमुकाम तम्घास उढिङढुङ्गामा अवस्थित दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले नियमविपरित संचालन भईरहेका उक्त एग्रोभेट सेन्टर सिल गरेको हो । केही समय पहिले औसधि व्यवस्था विभागले दुवै एग्रोभेट सेन्टरको अनुगमन गरी र इजाजत पत्र लिन अनुरोध गरेको थियो । तर, संचालकले अटेरी गरेर संचालन प्रमाणपत्र नलिएपछी उक्त एग्रोभेट सेन्टर सिल गरिएको टोलीका नेतृत्वकर्ता दिनेश ज्ञवालीले जानकारी दिएका छन् ।


Advertisement

तम्घास बजारमा विगत केही बर्षदेखि दुर्गा एग्रोभेट सेन्टर संचालनमा छ भने मुसिकोट एग्रोभेट सेन्टर चार महिनादेखि संचालनमा छ । रेसुंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हीराबहादुर थापा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रहरी र पत्रकार समेतको उपस्थितीमा एग्रोभेट सेन्टर सिल गरिएको हो । एग्रोभेट सेन्टरको आवश्यक अनुसन्धानपछि थप निर्णय हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.