भीम उपाध्यायसहित १८ जनामाथि भ्रष्टाचार मुद्धा दायर



काठमाडौं – अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनालाई मुद्धा दायर गरेको छ।

आइतबार आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, भीम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जनालाई मुद्धा दायर गरेको हो।


Advertisement
Advertisement
Advertisement

विशेष अदालतमा आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको आयोगले जनाएको छ। अख्तियारले प्रतिवादीहरूबाट ४ देखि ८९ करोड रुपैंयासम्म मागदाबी लिएको छ।

तत्कालीन सचिव भीम प्रसाद उपाध्यायलाई ४ करोड २२ लाख ३४ हजार रुपैंया, तत्कालीन सचिव सञ्जय शर्मा र सहसचिव मुकुन्द प्रसाद पौडेललाई जनही ६ करोड ९७ लाख ८३ हजार रुपैंया बिगो कायम गरेको छ।

यस्तै तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरबाट ६० करोड ४९ लाख १९ हजार, अध्यागमन प्रमुख तामाङबाट २२ हरोड ९ लाख १७ हजार, तत्कालीन कार्यकारी निर्देशकहरू भट्टराईबाट २२ करोड ७५ लाख १९ हजार, राम चन्द्र देवकोटाबाट ३२ करोड ३५ लाख ६१ हजार, सुर्यराज कँडेलबाट ८९ करोड ८ लाख ९८ हजार बिगो मागदाबी लिएको छ।

अख्तियारले परामर्शदाता इप्टिसा सर्भिस दि इन्जिनियर्स र बेट्स कन्सल्टिङ सर्भिस लिमिटेडलाई पनि प्रतिवादी बनाउँदै जनही ८७ करोड ५८ लाख ८३ हजार रुपैंया बिगो दाबी गरेको छ।थाहा खबर

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.