स्थापना दिवसको अवसरमा छत्रकोट गाउँपालिकाद्वारा पन्थ सम्मानित



फागुन २७, गुल्मी – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थ सम्मानित हुनुभएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाले आठौं स्थापना दिवसको अवसरमा एक समारोहका बीच पन्थलाई सम्मान गरेको हो । छत्रकोट गाउँपालिका–३ हिर्दनेटा निवासी पन्थलाई कला संस्कृतिको विकासमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय, उपाध्यक्ष सावित्रा ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए । सोही स्थानमा जन्मिएर विभिन्न क्षेत्रबाट योगदान पुर्याउने, प्राज्ञिक व्यक्तित्व, खेलाडी, कलाकार र पत्रकारलाई सम्मान गरिएको थियो ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

गाउँपालिकाले आठौं स्थापना दिवस भव्यताका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा छत्रकोट गाउँपालिकाका ६ वटै वडाका नागरिकहरुको सहभागितामा पन्चेबाजा झाँकी, सोरठी, मारुनी, सरायँनाच, लाखे नाँच, भजनकृतन  सहित विभिन्न कार्यक्रम गरिएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.