होली पर्व सभ्य रुपमा मनाउन प्रशासनको आग्रह



गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले होली पर्व सभ्य रूपमा मनाउन नागरिकलाई आग्रह गरेको छ । शुक्रबार प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै होली पर्वको नाममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रङ दल्ने लागयतका गतिविधि नर्गन अनुरोध गरेको छ ।

यही चैत्र ११ गते पहाडका जिल्ला र १२ गते तराईमा होली पर्व उत्साहका साथ मनाईदै छ । सरकारले ठाउँ विशेष फरकफरक दिन सार्वजानिक विदा समेत दिएको छ । फागु अर्थात् होली पर्वको नाममा बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, उश्रृङ्खखल÷अवाञ्छित कार्यहरु नर्गन सूचना मार्फत आग्रह गरिएको छ ।


Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले हस्ताक्षर गरेको सूचनामा कसैले नियमविपरित त्यस्ता कार्यहरु गरेमा प्रचलित कानून अनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।

हिन्दु धर्मअनुसार फाल्गुन शुक्ल पुर्णिमाको दिन आफ्नो आफन्तजन, मित्रजन तथा प्रियजनहरुसँग विभिन्न प्रकारका रंगहरु खेल्ने, मिठामिठा परिकार खाने तथा बाजागाजा बजाएर रमझम गर्ने गरिन्छ । उक्त दिनलाई होली पर्वको रुपमा मनाइँदै आइएको छ

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.