उपनिर्वाचनका लागि एमालेले उम्मेदवार टुंगो लगायो



गुल्मी – वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले दुवै क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ ।

आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि सुहाङ नेम्वाङ र बझाङ (१) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


Advertisement
Advertisement
Advertisement

नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ बाट प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो । त्यसक्षेत्रमा एमालेले उम्मेदवार बनाएका सुहाङ, नेम्वाङकै कान्छा छोरा हुन् ।

बझाङ–१ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत ५ असारमा सवारी दुर्घटनामा परेर निधन भएको थियो । त्यहाँ एमालेले उम्मेदवार बनाएका भण्डारी, पार्टीको बझाङ जिल्ला अध्यक्ष हुन् ।

सचिवालय बैठकले ऐन महरलाई पुन: केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.