कर्णालीमा हामफालेका १७ जना मध्ये एकजना बेपत्ता

" सोमबार बेलुकीसम्म खोजी गर्दा पनि नभेटिएपछि खोजी कार्य रोकिएको छ। प्रहरीले गोताखोर प्रयोग गरिए पनि बेपत्ता भएका शाही नभेटिएको जनाएको छ । "

होली खेलेर आएका १७ युवा कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै हामफालेका छन् । तीमध्ये एक बेपत्ता भएका छन्। प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय लोकेन्द्रबहादुर शाही बेपत्ता भएका हुन्।

सोमबार बेलुकीसम्म खोजी गर्दा पनि नभेटिएपछि खोजी कार्य रोकिएको छ। प्रहरीले गोताखोर प्रयोग गरिए पनि बेपत्ता भएका शाही नभेटिएको जनाएको छ । मंगलबार बिहानबाट पुनः खोजी सुरु गरिने प्रहरीले जनाएको छ ।


Advertisement

युवाहरूले हामफालेको र डुंगाबाट खोजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। सोमबार दिउँसो ती युवाहरूले कर्णाली नदीमा हाम फालेका थिए । नयाँ पत्रीका

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.