गुल्मीको मालिका गाउँपालिकाले भैंसीलाई सुत्केरी भत्ता दिने



गुल्मी –गुल्मीको मालिका गाउँपालिकाले पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाको पशुशाखा अन्तर्गत आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृति कार्यक्रम अनुसार पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ ।

सुत्केरी भत्ता प्राप्त गर्न चाहाने पशुपालक कृषकलाई केन्द्रित गर्दै मालिका गाउँपालिका–८ कार्यालयले मंगलबार सातदिने एक सूचना जारी गरेको छ । यस आर्थिक बर्षको साउन एक गतेदेखि ब्याएका भैंसीका कृषकलाई निबेदन माग गरिएको छ ।


Advertisement

साउन १ गतेयता भ्याएका भैसी पालक कृषकले निवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।सुत्केरी भत्ता लिन चाहाने  कृषकले निवेदन,वडा कार्यालयको सिफारिस,भैंसीधनीको चेकको फोटोकपी,नागरिकताको प्रतिलिपी,सुत्केरी भैंसीसंगै खिचिएको फोटो लगायतका कागजात माग गरिएको छ ।

यस्तो छ मालिका गाउँपालिका ८ मर्भुङ्गले काजजात माग सम्बन्धि निकालेको सूचना

कार्यालयका अनुसार कृषकको घरमै जन्मेको भैंसीको पाडी पहिलो बेत घरमै ब्याएको हुनुपर्ने छ । कम्तिमा तीन जना छिमेकी साँची बसेर मुचुल्का गनुपर्ने समेत कार्यालयले जनाएको छ । वडाध्यक्ष सुर्य बहादुर घर्ती क्षेत्रीद्धारा हस्ताक्षरित सूचनामा सुत्केरी भैंसीलाई के कति भत्ता दिने भन्नेबारे केही खुलाईएको छैन् । भैंसीलाईसुत्केरी भत्ता दिने सूचना सार्वजानिक भएलगत्तै सामाजिक संजाल नै तातेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.