गुल्मेली समाज जापानले नयाँ बर्षको शुभकामना आदानप्रदान गर्ने



गुल्मी – गुल्मेली समाज जापानले नेपाली नयाँ बर्ष २०८१ को पावन अवसरमा  साकुरामुनी नोमिखाई तथा शुभकामना आदनप्रदान गर्ने भएको छ।  प्रवासमा  व्यस्त समयको बावजुत सामाजिक काममा अग्रसर गुल्मेली समाज जापानले नेपालीको नयाँ बर्ष २०८१ को अवसर पारेर शुभकामना आदानप्रदान  गर्न लागिएको जानकारी समाजका अध्यक्ष महेन्द्र कुमारी अधिकारीले गराए ।

यहि अप्रिल ०६ तारिख शनिवार दिउँसो १ बजे जापानको प्रख्यात पर्यटकीय स्थल उएनो पार्कमा प्रकृतिको वरदान जापानको पहिचानको रूपमा रहेको साकुरा फूलेसँगै  बसेर नोमिखाई गरि नेपाली नयाँ बर्ष मनाउन लागेको हो ।  शुभकामना आदानप्रदान कार्यक्रममा  गुल्मेली तथा इच्छुक नेपालीलाई सहभागिता जनाउनको लागि आग्रह गरिएको  कार्यक्रमका संयोजक तथा समाजका  उपाध्यक्ष इन्द्र थापाले अनुरोध गरे ।


Advertisement

प्रदेशमा रहेर नेपाली नेपाली बिच आत्मिय सम्बन्ध बढाउन,  एक आपसमा परिचित हुन्,  सामाजिक कार्यमा हातेमालो गर्न साथै आपसमा सहयोग  आदानप्रदान गर्न यस कार्यक्रमले सहयोग गर्ने मात्रै नभएर सन्देश दिने समेत थापाले जानकारी दिए।

गुल्मेली समाज जापानले विभिन्न अवसर पारेर सहयोगी कार्य, रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आइरहेको जानकारी समाजका  सह- कोषाध्यक्ष टिकु बिलवले जानकारी गराए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.