दुर्घटना भएको बसको तस्बिर सामाजिक संजालमा भाइरल



काठमाडौँ – पोखराको लेखनाथ नगरपालिका अर्चलेमा शनिवार बिहान बस दुर्घटना भएको छ । बसका चालक र सहचालक घाइते भएको सो बस दुर्घटनाको फोटो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ ।

ग १ ख ८६८० नम्बरको बस शनिवार बिहान कास्कीको आरुपाटाबाट पोखरा आउँदै गर्दा बिहान साढे ९ बजे दुर्घटनामा परेको हो । माथिल्लो घुम्तीमा ब्रेक फेल भएर तल्लो घुम्तीमा पुगी दुर्घटना हुँदा बस ठडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले जानकारी दिए ।


Advertisement

रेग्मीले भने– ‘त्यो बस माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा ब्रेक फेल भएर खस्दा बस ठडिने अवस्थामा दुर्घटना भएको भनिएको छ । एक जना चालक र एक जना सहचालक घाइते भएको छन् । उनीहरूको अवस्था सामान्य छ, बसमा अरू यात्रु भने थिएनन् ।’

घाइते भएका चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको रेग्मीले जानकारी दिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.