गुल्मीको रुरुक्षेत्रमा पर्यटक जोड्दै हनुमान शीला



गुल्मी – गुल्मी,पाल्पा र स्याङ्जाको संगम स्थल रूरूक्षेत्रमा रहेको हनुमान शीलाले पूनर्जीवन पाएको छ । रिडीको तिनमुखे पुलबाट स्याङ्जातर्फको भीरमा रहेको हनुमान थानलाइ सामाजिक सञ्जाल मार्फत् आर्थिक संकलन गरेर पुनर्निर्माण गरिएको हो ।

अहिले सो हनुमान शीलालाइ पूर्ण आकृति दिएर सजाइएको छ। भने वरिपरि रेलिङ् ,घण्टीहरु राखिएको छ ।

अहिले सो हनुमान शीलालाइ पूर्ण आकृति दिएर सजाइएको छ। भने वरिपरि रेलिङ् ,घण्टीहरु राखिएको रिडीका युवा अभियान्ता सुन्दर कसजूले बताए ।


Advertisement

हनुमान थानलाइ रंगरोगनपछि सो क्षेत्रको नयाँ धार्मिक एवम पर्यटकीय गन्तब्यका रुपमा विकास भैरहेको छ । अहिले यहाँ दैनिक सयौँ मानिस हनुमानको दर्शन गर्न जान थालेका छन् । तीनमुखे पुल बनेपछि यसको सौन्दर्यता र महत्व अझै बढेको छ भने आवत जावतमा सहजता थपिएको छ ।

हनुमान थानको रुपमा मात्र सिमित रहेको सो स्थानलाइ अब वाटिकाको रुपमा बिकसित गर्दै लैजाने योजना अनुरुप अब राम र सीताको मूर्ति बनाएर हनुमान वाटीका नामाङ्कन गरिनेछ ।

यो पुर्ननिर्माण अभियानका लागि देश तथा बिदेशबाट दाताहरु मार्फत् करिब ८ लाख रुपैया संकलन भएको कसजूले जानकारी दिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.