गुल्मीमा माछा मार्ने क्रममा डुबेर बालकको मृत्यु



फाइल तस्बिर
गुल्मी – गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर –६, खैरेनीका १४ वर्षीय युवाराजदिन मियाको बडिगाड खोलामा बल्छीको प्रयोग गरेर माछा मार्ने क्रममा नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी)शंकर पोखरेलले जानकारी दिए ।

मिया शुक्रवार दिउँसो बल्छी लिएर माछा मार्न बडिगाड खोलामा गएका थिए । तर उनी साँझ सम्म घर नफर्किएपछी परिवार,स्थानीय र प्रहरीले खोजतलास गर्दा खोलाको किनारमा उनको तैरिएको अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बालक हराएको खबर प्राप्त भएलगत्तै  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक ज्ञान बहादुर खत्रीको कमान्डमा बडिगाड खोलामा प्रहरी पुगेको थियो ।


Advertisement

इलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरीक्षक अनिल थापाको कमान्डको टोलीले शव पोस्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याउने काम भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.