गुल्मीमा सोलार प्यानल पड्किँदा घरगोठ जलेर नष्ट



गुल्मी – गुल्मीमा सोलार प्यानल पड्किँदा एक घरगोठ जलेर नष्ट भएको छ । जिल्लाको इस्मा गाउँपालिका–६ बुल्म निवासी मोटे कुमालको दुइतले घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भएको हो ।विगत केही समयदेखि घरमा प्रयोग गर्दै आएको सोलारको अचानक पड्किँदा ढुङ्गा, माटो, टिनको छानो भएको २ तले कच्ची घर, गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

आगोलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा, भाँडाकुँडा जलेर नष्ट भएका छन् भने आगोमा परेर एक १ बाख्रा समेत जलेर ज्यान गुमाएको छ । सोमबार दिउँसो आगी भएपछि स्थानीय,प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगोलागीबाट ६ लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।


Advertisement

पछिल्लो समय गुल्मीका विभिन्न स्थानमा रहेका सामुदायिक,सरकारी र व्यक्तिगत वनमा आगलागीका घटना बढिरहेका छन् । आगोले सबैभन्दा ठुलो क्षति जिल्लाको इस्मा गाउँपालिका भित्रका वडाका केही बस्तीमा पुर्याएको छ । आगलागीबाट जिल्लाभर सयौं घरगोठ जलेर नष्ट भएका छन् भने संयौं पशुचौपायले ज्यान समेत गुमाएका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.