सन नेपाल लाइफद्वारा अग्नि पीडितलाई सहयोग
गुल्मी – सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी गुल्मी शाखाले अग्नि पीडितललाई सहयोग गरेको छ । मंगलबार जिल्लाको इस्मा गाउँपालिका – २ सिदुङखामा पुगेर अग्नि पीडित परिवारका सदस्यलाई लत्ताकपडा सहयोग गरेको हो ।
बैशाख ८ गते शनिबार हावाहुरी सहित भएको भीषण आगलागीबाट पुर्ण रुपमा घरगाेठ जलेका परिवारका सदस्यलाई राहत स्वरुप लत्ताकपडा प्रदान गरिएको सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी गुल्मी शाखाले जनाएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत १७ घरपरिवारका करिव ६६ जना सदस्यहरुलाई एक कार्यक्रमका बिच एक/एक जाेडी लगाउने कपडा प्रदान गरेकाे सन नेपाल लाइफ इन्स्याेरेन्सका बुटवल कलस्टर प्रमुख सन्ताेष कुँवर क्षेत्रीले जानकारी दिए ।
नागरिकका हरेक परिस्थितिमा इन्स्योरेन्स कम्पनी पनि साथमा रहेको बताउँदै क्षेत्रीले जाेखिम तथा विपत्तिमा आर्थिक सुरक्षा पाउनकाे लागि बीमा गर्नेपर्ने बताए ।
विपदमा आर्थिक सुरक्षाकाे ग्यारेन्टी गर्नकाे लागि गाउँपालिकाले घर, पशुपंक्षी तथा म्यादी जीवन बीमा अनिवार्य रहेकाले तत्कालै पहल गर्नुपर्ने उनले बताए ।
आगलागीबाट पीडित परिवारलाई थप राहात स्वरुप खाद्यान्न समाग्रीहरु प्रदान गर्ने याेजना उक्त इन्स्योरेन्स कम्पनीले जनाएको छ । अग्नि पीडित परिवारलाई करिव १ लाख बरावरकाे राहात समाग्री वितरण गरिएको कम्पनीका गुल्मी शाखा प्रमुख नवीन अर्यालले जानकारी दिए ।
राहात सामाग्री वितरण कार्यक्रममा सन नेपाल लाइफकाे प्रतिनिधिकाे रुपमा वुटवल कलस्टर प्रमुख तथा गुल्मी शाखा प्रमुख, अभिकर्ता, विपद व्यवस्थापन समितिका पदाधिकारी तथा विभिन्न सराेकारवाला व्यक्तित्वहरुकाे उपस्थिति लत्ताकपडा वितरण गरिएको थियो ।