इस्माका अग्नि पीडितलाई कर्मचारी संगठनको सहयोग



गुल्मी – गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ सिदुङखा र हाडीखोलाका अग्नि पीडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गरेका छन् । यसै क्रममा नेपाल निजामती कर्मचारी संगठन गुल्मी अग्नि पीडितहरुका लागि सामग्री र औषधि सहयोग गरेको छ ।

संगठनका सदस्यहरुबाट रकम संकलन गरेर अग्नि पीडितहरुका लागि गार्गी, जग र औषधि प्रदान गरेका हुन् । पीडितहरुको आबश्यकताको आधारमा सामग्री प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिमलाल खनालले बताए ।


Advertisement

उनले समाजमा घट्ने कुनैपनि विपत्तिहरुमा पीडितहरुलाई विभिन्न खालका सहयोग गर्दै आएको बताए । निजामती कर्मचारी संगठन गुल्मीले सिदुङखा र हाडीखोलाका अग्नि पीडितहरुका लागि १७ वटा गार्गी, जग र औषधि प्रदान गरेको हो ।

समाजमा कुनैपनि विपदका घटनाहरुमा एकले अर्कोलाई सहयोग भाइचाराको सम्बन्ध रहनुपर्छ भन्ने मान्यताले सहयोग गरिएको नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश इन्चार्ज दधिराज मरासिनीले बताए । अग्नि पीडितहरुका लागि सानो सहयोग गरेर दुखःमा मलम लगाउने काम कर्मचारीले गरेको उनले बताए ।

कुनै पनि नेपालीलाई चोट पर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ भन्ने मान्यताले सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
विज्ञापन