विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो



गुल्मी – गुल्मीको रुरुक्षेत्र गाउँपालिकापालिका वडा नं ५ धोबिघाटमा आगलागी भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकापालिका वडा नं ५ मा बस्ने गिरी बहादुर श्रेष्ठको खरबारीमा बिजुलीको तार बाट झिल्का निस्कन जाँदा आगोलागी भएको थियो । उक्त आगो रुरुक्षेत्र गाउँपालिकापालिका वडा नं ५ मिनाङकोट बस्ने सरोज सारुको घरमा सल्कन जाँदा सारुको ढुङ्गा,माटो र टिनले छाएकोे २ तले कच्ची घर आगलागीले पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभएको छ ।

आगलागी बाट घरमा रहेका लत्ताकपडा,अन्नपात,घाँस,दाउरा,भाडाकुडा जलेको तर मानवीय र पशु चौपायामा क्षती नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी चौकी रुरुका प्रहरी सहायक निरीक्षक राम सिंह क्षेत्रीको कमाण्डमा २ जनाको टोली घटनास्थलमा खटिएको थियो र स्थानियको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा लिएको बताईएको छ । उक्त आगोलागी बाट ५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.