कल्याणकारी आमा समुहको अग्नि पीडितलाई सहयोग



गुल्मी – कल्याणकारी आमा समुह गुल्मीले अग्नि पीडित परिवारलाई १६ थान प्रेसर कुकर सहयोग गरेको छ । मंगलबार अग्नि पीडितको बस्तीमा पुगेर आवश्यकता अनुसार प्रेसर कुकर सहयोग गरिएको कल्याणकारी आमा समुहका सचीव कल्पना पन्थीले जानकारी दिइन् । आमा समुहले इस्मा गाउँपालिका – २ ताल्तुङ्ग सिदुङ्खाका १६ परिवारलाई वितरण गरेको हो ।

शनिबार हावाहुरी सहित भएको भीषण आगलागीबाट इस्मा गाउँपालिका भित्र २६ घर पुर्ण जलेर नष्ट भएका थिए ।
आमासमुहका सदस्यहरुबाट रकम संकलन भएको रकमको कोषबाट २५ हजार बराबरको सामाग्री अग्नि पीडित परिवारलाई सहयोग गरेको सचीव पन्थीले बताइन् ।


Advertisement

समाज र समुदाय घट्ने कुनैपनि विपत्तिहरुमा आमा समुहले पीडितहरुलाई विभिन्न खालका सहयोग गर्दै आएको समुहको उपाध्यक्ष छमा ज्ञवालीले जानकारी दिइन् ।

अग्नि पीडितहरुका लागि सानो सहयोग गरेर दुखःमा मलम लगाउने काम भएको बताउदै उपाध्यक्ष ज्ञवालीले कुनै पनि नेपालीलाई चोट पर्दा अर्को नेपालीले सहयोग असल नागरिकको दायित्व रहेको बताइन् ।

राहात सामाग्री वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा , गाउँपालिका अध्यक्ष भगतसिह खड्का , समुहका उपाध्यक्ष गाेपी पन्थी, काेषाध्यक्ष सरिता सुनार , सहसचिव भागिरथा पौडेल, सदस्य पार्वती पाण्डे लगायतका व्यक्तित्वहरुकाे उपस्थितिमा वितरण गरिएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.