अर्घाखाँचीमा पौडी खेल्दा डुबेर एक महिलाको मृत्यु



फाइल तस्बिर

अर्घाखाँची – अर्घाखाँचीमा पौडी खेल्ने क्रममा १ जना महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको भुतियारहमा दिउँसो पौडी खेल्ने क्रममा डुबेर सन्धिखर्क नगरपालिका वडा नम्बर ७ डिहिडाँडा कि १८ वर्षिय मिरा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिप्रेन्द्र रावलले जानकारी दिए।

शितगंगा ६मा रहेको माइती घर गएको समयमा आज साथीहरु सँग पौडी खेल्ने क्रममा डुबेर गम्भिर घाइते भएकी उनको प्राथमिक स्वास्थ केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो । शवलाई पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन