लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा आगलागी : करोडौंको क्षति



 गुल्मी – गर्मीयाम सुरु भएलगत्तै लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा आगलागीका घटना बढिरहेका छन् ।  केही जिल्लामा भएको आगलागीले करोडौंको क्षति पुर्याएको छ । प्रदेशका  गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, स्याङ्जा , प्युठान , रोल्पा लगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको प्रहरीले जनाएको छ । यी जिल्लामा आगलागी हुँदा सयौं घरगोठ जालेका छन् भने सयौं पशुचौपायले ज्यान गुमाएका छन् ।

गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो । आगलागीमा परेर दुईजना घाइते भएका छन् । आगो निभाउने क्रममा घाइते भएकाहरुको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको छ ।


Advertisement
Advertisement

जंगलमा लागेको डढेलो अनियंत्रित भइ बस्तीमा पसेपछि घरगोठ र पशु जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै , गुल्मीको छत्रकोट गाउँपालिका १ हुगाँमा लागेको आगोबाट १ गोठ जलेर नष्ट भएको छ भने केहि पशुचौपाया मरेका छन ।

यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगोले क्षति गरेको छ । भुमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्कलगायतका गाउँमा गरी झन्डै २० घरगोठ जलेर नष्ट भएका छन् । आगोले गाउँनै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले जानकारी दिए । स्थानीय भुसालका अनुसार आगोले केही घरगोठ र पशु जलेको उनले बताए ।

त्यस्तै गर्मियाम सुरु भएलगत्तै पाल्पाको विभिन्न स्थानमा आगलागी भएको छ । आगलागीबाट केही घर र गोठ जलेका छन भने केही पशु चौपाया समेतले ज्यान गुमाएका छन् ।

आगोले यस्तै स्याङ्जा , प्युठान , रोल्पा लगायतका ठाउँमा पनि आगलागिबाट ठुलो क्षती भएको छ । त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । विभिन्न ठाउँमा लागेको धेरैजसो आगो नियन्त्रणमा लिएको र क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन