गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवाको मृत्यु



सांकेतिक तस्बिर

गुल्मी – गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । बिहिबार राती गुल्मीदरवार गाउँपालिका–३ म्यालपोखरी स्थित तम्घास रिडी सडक खण्डमा लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मीदरवार गाउँपालिका–३ राजाका २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शकर पोखरेललले जानकारी दिए ।मृतक घर्तीको टाउकोमा चोट, कान र नाकबाट रगत बगेको अवस्थामा उद्दार गरेर गुल्मी अस्पताल तम्घासमा ल्याइएको थियो ।


Advertisement
Advertisement

उपचारको क्रममा मृत्यु भएपछि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । त्यस्तै दुर्घटनामा गुल्मीदरवार गाउँपालिका–४ भट्टेचौरका ३१ वर्षका यम बहादुर सुर्यवंशी घाइते भएका छन् । उनको बाँया खुट्टामा चोट लागेकाले मिसन अस्पताल पाल्पामा उपचार भइरहेकोे छ ।

१ सय ५० सिसिको पल्सर गौडाकोटबाट बिरवासतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक घर्तीको शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालको शवगृहमा राखिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन