आगलागी पीडितलाई सहयोग गर्दै गुल्मीका स्थानीय तह



Advertisement
विज्ञापन

गुल्मी – गुल्मीका आगलागी पीडितलाई जिल्लाका केहि स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । शुक्रबार आगलागी भएको स्थानमा पुगेर  रेसुङ्गा नगरपालिकाले पीडितलाई राहत तथा पुनर्निर्माणको लागी २ लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अग्नि पीडित तथा आगलागी भएको बस्तीमा पुगेर रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले इस्मा गाउँपालिका अध्यक्ष भगतसिह खड्कालाई उक्त राहत रकमको चेक हस्तान्तरण गरेका हुन् ।

समाज र समुदाय घट्ने कुनैपनि विपत्तिहरुमा एक अर्को स्थानीय तहको समन्वय र सहकार्य जरुरी रहेको रेसुङ्गा नगरपालिकाका  नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले नागरिकको हरेक दु:खमा मलमपट्टी लगाउनु जनप्रतिनिधि लगायत सबैको दायित्व रहेको बताए । नगरप्रमुख पन्थीले अग्नि पीडितको राहतको लागि सबैले सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छ्न ।


Advertisement
Advertisement
Advertisement

राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकाेटा, नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सभापति त्रैलोक्य प्रताप सेन, जिल्ला समन्वय समिति सदस्य सुनिता जिसी कुँवर, नेपाली काङ्ग्रेस जिल्ला सदस्य कल्पना पन्थी लगायतको टोलीले आगलागी पीडित बस्ती र नागरिक समक्ष पुगेर त्यहाँको वर्तमान अवस्था र समस्याका बारेमा बुझेका छन् ।

एक स्थानीय तह र नागरिकलाई विपत्ति तथा समस्या पर्दा अर्को स्थानीय तहले गरेको अभिभावकत्व अनुकरणीय रहेको भन्दै गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले  धन्यवाद दिए । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सहयोग आउने क्रम जारी रहेको गाउँपालिका अध्यक्ष खड्काले बताए । उनले राहत र उद्धारका काम तीव्र पारिएकाले जस्तापाता सहयोग र नगद रकम राहत कोषमा उपलब्ध गराउन अनुरोध समेत गरेका छन् ।

भीषण आगलागीबाट पालिकाभित्रका २६ वटा घर र ४९ गोठ जलेर पूर्ण नष्ट भएका छन् । आगलागीबाट एक सय ९९ नागरिक प्रभावित भएका छन् भने दर्जनौं पशुचौपायले ज्यान गुमाएका थिए । त्यस्तै अग्नि पीडितको घर निर्माणको लागि इस्मा गाउँपालिकाले प्रति परिवार एक/एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने भएको छ ।

बैशाख १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र पूर्णरुपमा क्षति पुगेका घरपरिवारलाई तत्काल एक/एक लाख दिने निर्णय गरिसकेको छ । आगलागीबाट पुर्ण क्षति भएका घर पुनः निर्माणमा इस्मा गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी,नगरप्रहरी र स्थानीय नागरिक लागि परिरहेका छन् ।

आगलागी पीडितलाई राहत स्वरुप गुल्मीदरवार गाउँपालिकाले एक लाख रुपैयाँ सहयो गरेको छ । शुक्रवार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, उपाध्यक्ष तारा थापा ढेंगा, प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले उक्त रकमको चेक इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरलाई हस्तान्तरण गरेका हुन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन

मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन