जन्मदिनको अवसरमा घिमिरेले गरे अग्नि पीडितलाई सहयोग
गुल्मी – पछिल्लो समय मानिसका जन्मदिन मनाउने तरिका आ–आफ्नै छन् । कतिपयले जन्मदिनको अवसरमा हजारौँ रकम होटल रेस्टुरेन्टमा खर्चिएर त्यो दिनलाई विशेष बनाउने गर्दछन् त कतिले फजुल खर्चलाई कटौती सामाजिक क्षेत्रमा पनि योगदान दिने गरेका छन् । जन्मदिनमा केक काट्ने साथीभाई भेटघाट तथा भोजभतेर गरेर आफ्नो जन्मदिनलाई बिशेष बनाउने प्रचलन हाम्रो समाजमा अझै पनि कायममै छ । तर,गुल्मीमा एक युवाले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
पाल्पाको तानसेन नगरपालिका -१३ का प्रदीप घिमिरे जन्मदिनमा हुने फजूल खर्च कटाएर अग्नि पीडितलाई छ हजार पाँच सय पाँच रुपैयाँ सहयोग गरेको हुन् । आजभोली जन्मदिनको नाममा समाजमा हुने भड्किलो गतिबिधिलाई रोक्न र सभ्य समाज निर्माणका लागि हरेक बर्ष जन्मदिनको समय र पैसा सामाजिक काममै खर्चिदै आएको घिमिरेले बताए ।
‘पछिल्लो समय जन्मदिन मनाउने बाहानामा हजारौँ रकम होटल रेस्टुरेन्टमा खर्च गर्ने चलन छ,` ´घिमिरेले भने` ´मैले आगलागीले नागरिक रुहाइरहेको छ, त्यसैले पीडितको घाउमा मलमपट्टी लगाउन केही सहयोग होस् भन्ने हेतुले गर्ने फजुल खर्च अग्नि पीडितलाई दिएको हुँ।` घिमिरे रेसुङ्गा पौवा होटलका व्यावस्थापक समेत हुन् ।